arrow

शल्यक्रियापछि फुटबलर किशोरीको मृत्यु हुँदा चेन्नईमा आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
priya-17-india.jpg

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा एक फुटबलर किशोरीको घुँडाको शल्यक्रियाका कारण मृत्यु भएको भन्दै विरोध आन्दोलन भइरहेको छ । दाहिने घुँडाको लिगामेन्ट फुटेको शल्यक्रिया गरेको केही दिनपछि १७ वर्षीया प्रियाको मंगलबार मृत्यु भएको थियो ।

शल्यक्रियापछिको जटिलताका कारण उत्पन्न भएको बहु अङ्ग फेल भएर उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

शल्यक्रिया गर्ने दुई डाक्टरलाई लापरवाही गरेको आरोपमा निलम्बन गरिएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा 'अप्राकृतिक मृत्यु' को मुद्दा दर्ता गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रियाका परिवारले चिकित्सकलाई पक्राउ गर्न माग गरेका छन् । उनको भाइ लरेन्सले टाइम्स अफ इन्डियासँग बोल्दै एक राज्य स्तरीय फुटबल खेलाडी प्रियाले चेन्नई शहरको पेरियार नगर अस्पतालमा ७ नोभेम्बरमा शल्यक्रिया गरेपछि खुट्टा दुख्न थालेको भनेकी थिइन् ।

त्यसपछि डाक्टरहरूले उनको खुट्टामा टर्निकेट कडा कम्प्रेसन ब्यान्डेज लगाएर दुखाइको औषधि दिएको पाइएको छ ।

तर दिनप्रति दिन उनको अवस्था बिग्रिदै गएपछि उनलाई शहरको प्रमुख सरकारी अस्पताल राजीव गान्धी सरकारी सामान्य अस्पतालमा सारिएको थियो ।

त्यसपछि सो अस्पतालले परीक्षण गरेर उनको खुट्टामा रहेका तन्तुहरू मृत भइसकेको बताउँदै खुट्टा काट्न आवश्यक रहेको बताएको थियो ।

अंगविच्छेदनपछि उनको अवस्था झनै बिग्रिएको बताइएको छ । १४ नोभेम्बरमा उनको अर्को शल्यक्रिया गरिएको थियो र त्यसको एक दिनपछि अंग विफलताका कारण उनको मृत्यु भएको थियो ।

किशोरको मृत्युले तमिलनाडुमा आक्रोश फैलाएको छ भने, राज्य सरकारले छानबिन गर्न आदेश दिएको छ।

राज्यका स्वास्थ्य मन्त्री मा सुब्रमण्यमले प्रियाको मृत्युलाई 'अपूरणीय क्षति' भन्दै उनको पहिलो शल्यक्रिया गर्ने दुई डाक्टरहरू लापरबाहीको लागि दोषी देखिएको बताएका छन् ।

'शल्यक्रिया ठीक थियो तर कम्प्रेसन ब्यान्डेज यति कडा राखिएको थियो कि यसले रक्तसञ्चार रोकेको थियो,' उनले पत्रकारहरूसँग बोल्दै भनेका छन् । यसले उनको खुट्टामा रगतको प्रवाहलाई असर गर्दै उनको नसा खराब भएको उनको भनाइ छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले प्रियाको परिवारलाई आर्थिक क्षतिपूर्ति र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेका छन् ।



नयाँ