arrow

रेखा थापाको वडाका पाँच सय कार्यकर्तासहित केन्द्रीय नेताले छोडे राप्रपा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
rekha-thapas.jpg

काठमाडौं । अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाको वडाबाट ५ सय कार्यकर्ताले राप्रपा छोडेका छन् । कार्यकर्ता सहित राप्रपाका प्रभावशाली नेता अम्बिकाप्रसाद अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचन आउन ४ दिन मात्र बाँकी हुँदा मोरङ ३ बाट राप्रपा उम्मेदवार रेखा थापाको वडाबाट ५ सय बढीले राप्रपा छोडेपछि रेखालाई ठुलो धक्का लागेको छ । 

मोरङ ३ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेकी रेखाको गृह वडा सुन्दरहरैचा ७ हो ।

सलकपुरमा बुधवार भएको चुनावी सभामा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्माले केन्द्रीय नेता अम्बिकाप्रसाद अधिकारी र उर्मिला अधिकारी लगायतका कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराए ।

डाक्टर शर्माले कार्यक्रममा बोल्दै अभिनेत्री थापा सिसाको पर्दामा अब्बल भए पनि राजनीतिमा खहरे खोला जस्तै भएको बताए । उनले भने 'चुनाव लड्न एजेन्डा चाहिन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ