arrow

अमेरिकालाई प्रतिक्रिया दिने भन्दै उत्तर कोरियाले हान्यो मिसाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
north-korea-missile.jpg

काठमाडौं । उत्तर कोरियाली बिहीबार एक ब्यालेस्टिक मिसाइल प्रहार गर्दै अमेरिकालाई चेतावनी दिएको छ । कोरियाली प्रायद्धिपमा आफ्नो सहयोगी (दक्षिण कोरिया)सँग मिलेर अमेरिकाले सुरक्षा उपस्थिति बढाउन खोजिरहेको भन्दै उत्तर कोरियाले 'उग्र सैन्य प्रतिक्रिया' दिने चेतावनी दिएको हो ।

दक्षिण कोरियाको सेनाले उत्तरको पूर्वी तटीय सहर वोनसानबाट बिहान १० बजेर ४८ मिनेटमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको जनाएको छ। 

हालै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले समुद्रमा सयौँ तोपखाना गोलाहरू एवं मिसाइल प्रहार गरेको छ । जसमध्ये केही जापानी क्षेत्र नजिकसमेत परेका थिए ।

उत्तर कोरियाका विदेश मन्त्री चो सन हुईले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानबीच भर्खरै भएको त्रिपक्षीय शिखर सम्मेलनको आलोचना गरेको दुई घण्टाभन्दा कम समयपछि मिसाइल प्रहार भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ