arrow

नेपाल र युएई मैदानमा : कसिलो बलिङ गर्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
uae-nepal.jpg

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले कसिलो बलिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको हो । नेपालको निर्णयसँगै युएई ब्याटिङमा उत्रिएको हो । 

नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो । आज नेपाल र युएई जसले जित्छ उसैले शृङ्खला जित्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ