arrow

आज चार्टर्ड उडान मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
airport-tia-1.jpg

काठमाडौं‌ ।  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ । 

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए । 

आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ