arrow

एलन मस्कले ब्लक हटाएसँगै ट्विटरमा फिर्ता आए ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
trump-elon-musk.jpg

काठमाडौं । ट्विटरका मालिक एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट खोलिदिएका छन् । 

मस्कले शुक्रबार ट्रम्पको अकाउन्टलाई फिर्ता गर्ने या नगर्ने भन्दै सर्वेक्षण गरेका थिए । शनिबारसम्म त्यसको नतिजामा ५२ प्रतिशत भन्दा बढीले फिर्ता गर्ने भन्दै मत गरेका थिए भने, ४८ प्रतिशतले हुँदैन भन्नेमा मत राखेका थिए ।

ट्रम्पको अकाउन्ट फिर्ता ल्याउने पक्षमा बढीले मत गरेसँगै मस्कले ट्विटरमा मानिसहरु खुलेका छन् । ट्रम्प पुनर्स्थापित हुनेछन् भन्दै ट्विट गरेका छन् । यो सर्वेक्षणलाई १३ करोड ४० लाख मानिसले देखेको मस्कले जनाएका छन् ।

हालैको मध्यावधि निर्वाचनको नतिजासँगै अमेरिकी प्रतिनिधिसभामा ट्रम्पको पार्टी रिपब्लिकनहरुको बहुमत आएको छ । डेमोक्रेट सिनेटर एवं सांसदहरु भने मस्कविरुद्ध आक्रामक रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ