arrow

कतार विश्वकपको पहिलो गोल भ्यालेन्सियाको नाममा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
qatar-world-cup-2022-enner-valencia-equador-first-goal.jpg

काठमाडौं । कतार विश्वकप २०२२ को पहिलो गोल इक्वेडरका इनर भ्यालेन्सियाको नाममा रहेको छ । कतारको अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा भ्यालेन्सियाले आयोजक कतारविरुद्ध गोल गरेका हुन् । 

कप्तानसमेत रहेका उनले पहिलो गोल पेनाल्टीमार्फत १६ औं मिनेटमा गरेका थिए । यद्यपि उनले तेस्रो मिनेटमा गरेको गोल भने अफसाइड भएको थियो । दोस्रो गोल पनि भ्यालेन्सियाकै नाममा रहेको छ । 

उनले ३२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । पहिलो पटक विश्वकप खेलिरहेको कतार दबाबमा परेको छ । इक्वेडरले भने चौथोपटक विश्वकप खेलिरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ