- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । २२ औं फिफा विश्व फुटबल कतारमा भइरहेको छ । पहिलो पटक खाडी मुलुकले विश्वकपको आयोजना गरिरहेको छ । अहिलेसम्मकै सर्वाधिक महंगो विश्वकपको रुपमा रहेको यो विश्वकपको आइतबार राति कतारको अल बायत स्टेडियममा विशेष समारोहकाबीच उद्घाटन भएको छ ।
विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् ।
विश्वकपका ६४ खेल आठ रंगशालामा आयोजना हुनेछन् । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।