arrow

मकवानपुरको सल्लेमा सुमो दुर्घटना, एक जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
tata-sumo-gold.jpeg

मकवानपुर ।  हेटौँडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । 

केही समय अघि वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ