arrow

रौतहट आगलागीमा जलेर ३ बालबालिकाको गयो ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
rautahat-aaglagi.jpg

रौतहट । रौतहट सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ । आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

गौर नगरपालिका-१ मा रहेको कपडा पसलमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ । कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको स्थानीयको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ