arrow

ट्रकले लियो पैदलयात्रुको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ