arrow

एमालेका मात्र प्रतिनिधि राखेर गरिएको मतगणनापछि जिते विष्णु पौडेलले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
bishnu-poudel-uml.jpg
तस्बिर – फाइल ।

बुटवल । निर्वाचन आयोगले एमालेका मात्र प्रतिनिधि उपस्थित भएको मतगणनास्थलमा सेनाको रोहवरमा मतगणना गरेपछि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेलले २७ हजार १४७ मत ल्याएका हुन् । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । स्वतन्त्रका पौडेलले भने २५ हजार ७८१ मत पाए । 

उक्त क्षेत्रमा मतगणना भइरहँदा मुचुल्कामा रहेको मतसंख्या भन्दा गणना गर्दा बढी भएपछि र केही मतमा निर्वाचन अधिकृतको समेत हस्ताक्षर नभएको पाइएपछि नेपाली कांग्रेससहित नौ दलले पुनः मतदानका लागि माग गरेका थिए । 

उक्त मागलाई भने निर्वाचन आयोगले बेवास्ता गर्दै पुनः मतगणना गर्न निर्देशन दिएको थियो । 

विरोधमा उत्रिएका दलका प्रतिनिधिहरु सहभागी नभएपछि एमालेका प्रतिनिधिमात्र राखेर जिल्ला निर्वाचन कार्यालयले मतगणना गराएको थियो । 

एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट चौथो पटक चुनाव जितेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ