arrow

दोहोरो अंकले बढ्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार १.६८ प्रतिशतले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज  १६९ कम्पनीको शेयर कारोबार वृद्धि हुँदा २० कम्पनीको मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी शेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। आज यस कम्पनीको ४५ करोड चार लाख बराबरको शेयर कारोबार भएको छ। दोस्रोमा नबिल बैंक र तेस्रोमा नेपाल दूरसंचार कम्पनीको शेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसूचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले  बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको शेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ। यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। 

यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ ।

डिप्रोक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तीय संस्थाको ७.४३ प्रतिशतले कारोबार वृद्धि भएसँगै शेयर बजारमा हरियाली छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ