arrow

ट्रान्समिसन टावरमा ठोक्कियो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
plane-pole.jpg

काठमाडौं । अमेरिकी राज्य मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीमा एउटा सानो विमान ट्रान्समिसन टावरमा दुर्घटनाग्रस्त भएको छ । 

दुई जना सवार सो विमान ट्रान्समिसन टावरमा अड्किएको थियो । जसका कारण काउन्टीभर १ लाखभन्दा बढी घर तथा व्यवसाय प्रभावित भए । 

बिजुली काटेर उद्धारकर्ताहरूले जहाजमा रहेका दुई व्यक्तिलाई निकाले । जो जमिनबाट करिब १०० फिट माथि फसेका थिए ।

दुर्घटनामा पाइलट ६५ वर्षीय प्याट्रिक मर्कल र यात्रु लुइसियानाका ६६ वर्षीय यान विलियम्सलाई गम्भीर चोटपटक लागेको देखिएन । 

 मोन्टगोमेरी काउन्टी फायर एण्ड रेस्क्यू सर्भिसको टोलीले उनीहरूको उद्धार गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ