arrow

राप्रपाका ढकाललाई हराउँदै एमालेका राई विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
uml-flag.png

काठमाडौं । राप्रपाका उम्मेदवार अनीश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन्। 

सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा राईले १२ हजार ४ सय ६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।

यस्तै, गठबन्धनबाट नेकपा एसका रेवती रमण राईले ४ हजार ९८८ मत, स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत, प्राप्त गरेका छन् । 

कुल ३९ हजार १ सय ५३ मत खसेकोमा ३७ हजार २ सय सदर भएको थियो भने १९ सय ५३ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ