arrow
ADVERTISEMENT

नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी देखिएन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
District-33-Nuwakot-hamrakura.jpg.jpeg

त्रिशूली ।  यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत खसेको थियो । ती मतगणनाका क्रममा आठ हजार नौ सय १९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार  एक लाख २१ हजार एक सय ८२ मत सदर कायम गरेर गणना गरिएको हो । खसेको मतमा बदर मत छ दशमलव ८५ प्रतिशत रहेको छ । नुवाकोटमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८६ मतगणना गर्दा तीन हजार पाँच सय ६५ मत बदर भएको थियो भने क्षेत्र नं २ मा ६६ हजार एक सय १९ मतगणना गर्दा छ हजार एक सय १९ मत बदर गरिएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा ६२ हजार एक सय ३२ मतगणना गर्दा दुई हजार नौ सय ९९ र क्षेत्र नं २ मा ६६ हजार आठ सय ५३ मत गणना हुँदा तीन हजार एक सय ४४ मत बदर भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

उनका अनुसार प्रदेशतर्फ क्षेत्र नं १ को प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ ३१ हजार एक सय सातमा एक हजार एक सय ४२ र प्रदेशसभा–२ मा ३२ हजार दुई सय ५७ मा एक हजार पाँच सय ५७ मत बदर छ । क्षेत्र नं २ को प्रदेशसभा–१ मा ३३ हजार आठ सय ८९ मतमा एक हजार आठ सय १९ र प्रदेशसभा–२ मा ३० हजार आठ सय ४९ मतमा एक हजार दुई सय ८० मत बदर भएको छ ।

प्रदेशसभाको समानुपतिकतर्फ क्षेत्र नं १ मा ६४ हजार एक सय ५१ मतगणना हुँदा चार हजार एक सय ६६ र क्षेत्र नं २ मा ६५ हजार नौ सय ५० मतगणनामा चार हजार सात सय ५३ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ