रेश्मा भनेर चिनिने काश्मीरका चर्चित ट्रान्सजेन्डर गायक अब्दुल राशिदको निधन
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २० आइतबार
357
Shares
फाइल तस्बिर
काश्मीर। प्रसिद्ध तेस्रो लिङ्गी काश्मीरी गायक अब्दुल राशिद रेशमाको गत महिना निधन भएको छ। रशीदले एसएमएचएस अस्पतालमा निधन भएको समाचार एजेन्सी केएनओले जनाएको छ। उनको छिमेकीलाई उद्धृत गर्दै रेशमाको मृत्यु भएको पुष्टि गरिएको हो।
सामाजिक सञ्जालमा भाइरल भएका विभिन्न विवाह समारोहमा गाएको विशिष्ट र अनौठो गीत ‘ह्या हे वेसै, यारन हे तडेप्नस’का लागि चर्चित थिइन् रेश्मा। श्रीनगरको नवा कादल क्षेत्रका बासिन्दा रशिद आफ्ना छिमेकीहरूका अनुसार नम्र, मिलनसार र महान् मानव थिए।
बब्लु ट्रान्सजेन्डर एसोसिएसनका अध्यक्षले रसिदको निधनप्रति दुःख व्यक्त गरेका छन्। बब्लुले भने, ‘हामी सहपाठीको निधनले दुखित र शोकाकुल छौँ।