arrow

अन्तर्घातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने : कास्की काँग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
nepali-congress-flag-tree.jpg
फाइल तस्बिर

पोखरा। नेपाली काँग्रेस कास्कीले पार्टी भित्र अन्तर्घात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज बसेको बैठकले सो निर्णय गरेको हो। बैठकमा पदाधिकारी एवम् सदस्यहरूले पार्टी भित्र अन्तर्घात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए।

बैठकले अन्तर्घातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत  निर्णय गरेको हो।

अन्तर्घात गर्नेको खोजी गरी कारबाही गर्न चर्को दबाब बीच केही प्रमाणहरू प्राप्त भएका छन्। नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने, 'प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ।'

बैठकले निर्वाचनमा मतदान गर्ने मतदाता , निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।

त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापा र प्रकाश बराल सहित निर्वाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसी विरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ।

बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारहरू र पालिकाका प्रत्येक वडा कार्यसमितिसँग निर्वाचन अवधि भर भएका गतिविधि र घटनाक्रमहरूलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेस गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

बैठक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ