- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्ने विरुद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो।
‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ।
काँग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेको आन्तरिक समीक्षा भएको छ।