arrow

लागुऔषधसहित धादिङका अधिकारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
Kishan Adhikari.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा-१० अम्मरसिंह चोक बस्ने ४० वर्षका किशन अधिकारी रहेका छन् ।

कास्की प्रहरीका आनुसार गत शुक्रबार साँझ ७ बजे पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्नेक्रममा अधिकारी लागुऔषधसहित पक्राउ परेका थिए । 

उनको साथबाट लागुऔषध डाईजापाम ५० एम्पुल, फेनेरागन ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल र एक थान मोवाईल बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अधिकारी विरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ