arrow

ब्रजिलका युवा खेलाडी, पेलेको सम्मान अनि नृत्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
pele-respect.jpg

काठमाडौं। विश्वकप फुटबलको क्वार्टरफईनल खेलमा दक्षिण कोरिया विरुद्ध ४-१ गोलले विजयी भएको ब्रजिलले आफ्ना सुपरस्टार र तीन विश्वकप विजेता पेलेलाई सिघ्र स्वास्थ्यलाभको कामना सहित सम्मान व्यक्त गरेको छ।

क्यान्सर र कोभिडका करण श्वासप्रश्वास समस्याबाट गुज्रिरहेका पेलेलाई ब्रिजिलियन टोलीले सम्झेका हुन्। पेलेले पनि ब्रजिलको खेल हेरेका थिए। घरमा आराम गरिरहेका पेलेलले खेल हेरेर खुसी भएको फोटो सार्वजनिक गरेका थिए।

ब्रजिलियन टोलीमा युवाहरुको बाहुल्यता रहेको छ। खेलमा देखिएको जितको चाहना, टोलीमा एकताले पनि ब्रजिलियन टोलीले सकारात्मक नतिजा ल्याइरहेको छ। गोलपछिको नृत्य भनेको ब्रजिलको आफ्नो संस्कृति हो र उनीहरू खुसीयाली सबैसँग बाँड्न चाहन्छन्।

उक्त नृत्यको पनि आलोचना भएको छ। सबैले गोल गरेपछि खुसीयाली मनाउँछन् र सबैको आफ्नो तरिका हुन्छ । ब्रजिलियन टोलीको गोल पछि खुसीयाली मनाउने तरिका नाच रहेको छ।

 ब्रजिलका स्टार नेयमार पनि पहिलो खेलमा घाइते भएका थिए । खेलमा फर्किए लगत्तै उनले दक्षिण कोरिया विरुद्ध गोल गरेर सकारात्मक सन्देश दिएका छन्। उनले उक्त गोलपछि आफ्नो खुट्टामा रहेको अलिअलि पिडा पनि गायब भएको प्रतिक्रिया दिएका थिए।

पेलेको सम्मानमा नयाँ पुस्ताका खेलाडीहरू देखिनु फुटबल जगतकै लागि सकारात्मक सन्देश गएको छ। आफ्ना अग्रजले दिएको योगदानलाई सम्झिने र आफूले उक्त योगदानलाई जीवित राख्ने प्रयास गर्नु युवा पुस्ताले दिएको सकारात्मक सन्देश रहेको छ।

पेलेले तीन विश्वकप ब्रजिललाई दिलाएका थिए र त्यसपछि थप दुई विश्वकप जितिसकेको ब्रजिल छैठौं उपाधिको खोजीमा रहेको छ। उक्त छैठौं उपाधिका लागि अहिलेको ब्रजिलको टोली सक्षम रहेको सन्देश दिइसकेको छ।

युवा खेलाडीहरूको गोलपछिको नृत्यमा म्यानेजर टिटे सामेल हुनु पनि टिटेले टोलीलाई कसरी एकजुट राखेका छन् भन्ने सन्देश हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ