arrow

सालाले हाने हँसिया, भेनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए ।  

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।  उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए । 

उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के-कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ