arrow

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
corruption-cartoon.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी शुक्रबार मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । 

नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयोग गठन गरेको हो । भ्रष्टाचारविरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अङ्गिकार गरिएको छ । 

नेपालमा कुनै पनि संस्था वा राज्यका विभिन्न पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरेमा उनीहरूलाई कारबाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेको छ ।

यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त  सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएको छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ