arrow
ADVERTISEMENT

न्यूयोर्क टाइम्सको कर्मचारी युनियनले गर्‍यो हड्ताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
nytimes-newyork-times.jpg

काठमाडौं । आफ्नो युनियन र कम्पनीबीचको वार्तामा उल्लेख्य प्रगती नभएको भन्दै द न्यूयोर्क टाइम्सका रिपोर्टर र सम्पादकहरूले बिहीबार एकदिने हडताल  गरेका छन् ।

द टाइम्स र द न्यूयोर्क टाइम्स गिल्ड बीचको सम्झौता मार्च २०२१ मा समाप्त भएको थियो र त्यसयता करिब ४० वटा बार्गेनिङ सत्रहरू सम्पन्न भएका छन्। तलब, स्वास्थ्य र अवकाश लाभ र अन्य मुद्दाहरूमा वार्ताकारहरू सहमतिमा आउन असफल भएका छन् ।

११ सय बढी कर्मचारीले २४ घण्टा हडताल गर्ने कागजमा हस्ताक्षर गरेका छन् । सम्झौता वार्ता गर्ने युनियन जुन न्यूयोर्क टाइम्स्का लागि न्युजगिल्डको एक हिस्सा हो, यसमा न्यूजरूम, विज्ञापन र कम्पनीको अन्य क्षेत्रका लगभग १ हजार ४ सय ५० जना कर्मचारीहरू रहेका छन् । द न्युर्योक टाइम्सको न्यूजरूममा १ हजार ८ सय भन्दा बढी व्यक्ति काम गर्छन्।

बुधवार साँझ एक विज्ञप्तिमा युनियनले कम्पनीलाई गलत तरिकाले सम्झौता गर्न खोजेको आरोप लगाएको छ ।

'उनीहरूको ज्याला प्रस्ताव अझै पनि आर्थिक स्थितीको अनुकुलता पूरा गर्न असफल भएको छ, मुद्रास्फीति र संयुक्त राज्य अमेरिकामा ज्याला लाभको औसत दर दुवै भन्दा यो प्रस्ताव धेरै पछाडि छ,' युनियनले हडताल गर्ने घोषणामा भनेको छ ।

न्यूजरूममा एक नोटमा द टाइम्सका कार्यकारी सम्पादक जो कानले  आफु युनियनको निर्णयबाट निराश भएको भनेका छन् । 'हडताल सामान्यतया वार्ता गतिरोध हुँदा हुन्छ, आज हामी त्यो ठाउँमा छैनौं', उनले भनेका छन्, 'कम्पनी र न्यूजगल्ड धेरै मुद्दाहरूमा अलग रहे पनि हामी प्रस्तावहरू जारी राख्छौं र सम्झौता तर्फ प्रगति गर्छौं।'

चौबीस घण्टा वाकआउटको यो हडताल कम्पनीको ४० वर्षको इतिहासमा पहिलो पटक भएको न्युर्योक टाइम्स आफैले उल्लेख गरेको छ ।

न्युजगिल्ड सन् १९३३ मा अखबार पत्रकारहरूले स्थापना गरेको एक श्रमिक संघ हो। ज्याला र कामको अवस्था सुधार गर्नुका साथै, यसको विधानले यसको उद्देश्य पत्रकारिता र समाचार उद्योगको व्यवसायिक अभ्यासहरूमा इमानदारीको लागि लड्नु हो भनेको छ । हडतालमा उत्रिएकाे न्युयाेर्क टाइम्सभित्रकाे युनियन यसैकाे हिस्सा पनि हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ