- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पूर्वउप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताएका छन् ।
उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै कांग्रेस र एमाले मिल्नुपर्ने बताए ।
' मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने' गच्छदारले भने । पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गच्छदारले भने, “वर्तमान संविधान जारी गर्न मेरो पनि अहम् भूमिका रहेकाले यो संविधानलाई दिगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।”
अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिक रूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन ।”