arrow

नेविसंघ बाँके अध्यक्ष मनोनयनमा निवर्तमान अध्यक्ष आचार्यको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
purna-acharya.jpg

नेपालगन्ज । नेविसंघ बाँकेको अध्यक्ष मनोनयन विवादमा परेको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पत्र अनुसार उपेन्द्रवहादुर विष्टलाई अध्यक्ष मनोनयन गरेको भन्ने वक्तव्य जारी गरेपछि विवाद देखिएको हो । 

नेविसंघ बाँकेका निवर्तमान अध्यक्ष एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले अध्यक्ष शेर्पालाई गुटको हलीको संज्ञा दिएका छन् । उनले शेर्पाको फर्जी पत्र मान्नुपर्ने कुनै जरुरी नरहेको चेतावनी दिएका छन् । 

सामाजिक सञ्जाल 'फेसबुक' मा एक स्टाटस लेख्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिले दिएको निश्चित म्यान्डेट बिर्सेर गुटको हली बनेको भन्दै कडा टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्, "उपेन्द्र भाई क्षमता भएको युवा हो यसमा दुई मत छैन तर ३ महिने म्यादी किन बनाउन खोज्नु भएको दुजाङ्ग जी ? अर्को कुरा पार्टीको केन्द्रीय समितिले तपाईँलाई निश्चित म्यान्डेटसहित अध्यक्षको जिम्मेवारी दिएको हो कि गुटको हली बन्न ? ११औं जिल्ला अधिवेशनबाट म जिल्ला अध्यक्ष निर्वाचित भएको हुँ, तपाईँले सङ्गठनको बारेमा यति ठूलो निर्णय गर्दा एक पटक संवाद गर्न जरुरी ठान्नु भएन भने हामीले तपाईँको फर्जी पत्र मान्नु पर्ने कहाँ लेखेको छ ? तपाईँसँग पार्टीको केन्द्रीय नेतृत्व होला हामीसँग जिल्ला नेतृत्व पनि छ यति बुझिदिनुहोला ।" 

आचार्यले ३२ वर्षे उमेर हद लागू भएपछि चक्रबहादुर रावतलाई गत वैशाख ७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि जिल्ला कार्यसमितिसँग कुनै परामर्श नभएको र यस विषयमा नेविसंघलाई कुनै पत्र नपठाइएको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ