arrow

अंश मुद्दामा फरार पोखरा-१६ का ६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Kaski Police.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा फरार रहेका पोखरा महानगरपालिका वडा नं. १६ का ६ जनालाई पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीले २०७८ पुस १६ गते अंश मुद्दामा उनीहरू सबैलाई एकैसाथ जनही १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही दिनदेखि उनीहरू फरार रहेको भन्दै कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ का ६० वर्षका हुमनाथ आचार्य, वर्ष ३५ का ध्रुवप्रसाद आचार्य, ५७ वर्षकी डिलमाया आचार्य छन् ।

यसै गरी पोखरा-१६ कै वर्ष ३५ का लीलाधर आचार्य, वर्ष २९ का दीपक आचार्य र २१ वर्षकी सृजना आचार्य पनि सोही मुद्दामा पक्राउ परेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ