arrow

कार्यकर्ताले सहमहामन्त्री बनाएका फरमुल्लाह र जीवनलाई देलान् त देउवाले सांसद पद ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
jeevan-pariyar-farmulla-munsur.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउँदैछ । त्यसैका लागि अहिले पार्टी केन्द्रीय कार्यससम्पादन समितिको बैठक बसिरहेको छ । 

प्रत्यक्षतर्फ महिला सहभागीता कम भएसँगै कांग्रेसले २९ महिलासहित ३२ जनाको नाम पठाउनु पर्नेछ । जसका कारण ३ जनामात्र पुरुष सांसद हुन पाउने छन् । 

यसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सहमहामन्त्रीमा कार्यकर्ताले जिताएका फरमुल्लाह मन्सुर र जीवन परियारलाई पार्छन् कि पार्दैनन् भन्ने चासो छ । 

विभिन्न क्लस्टरबाट तीन जनाको नाममात्रै सिफारिस गर्नुपर्नेमा शुक्रबार नै बाहिर आएको प्रारम्भिक सूचीमा दुवै जनाको नाम छैन । 

उनीहरुको ठाउँमा महिलालाई राखिएको छ । क्लस्टरअनुसार उनीहरुलाई राख्न सक्ने हो भने महिलालाई जसरी पनि पुर्याउन सकिने थियो । तर त्यसो गर्न खोजिएको छैन । 

यसअघि सार्वजनिक भएको प्रारम्भिक सूचीअनुसार प्रवक्ता प्रकाशशरण महतलाई देउवाले प्राथमिकता दिएका छन् । जबकि महतले कांग्रेसको १४ औं महाधिवेशनमा कार्यकर्ताकै मत नपाएर महामन्त्रीमा हार बेहोरेका थिए । 

त्यस्तै दोस्रो नाममा गोपालमान श्रेष्ठ रहेका छन् । उनी सभापतिमा लड्ने भन्दैथिए । तर जनमत नभएका कारण पछि परे । त्यस्तै सभापतिमा लडेका विमलेन्द्र निधी पराजित भएका थिए । 

उनले सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए । सोही कारण उनलाई देउवाले सांसद बनाउन चाहेका छन् । तर उनलाई कार्यकर्ताले नै अनुमोदित गरेनन् । 

कार्यकर्ताले नै जिताएका सहमहामन्त्रीहरुलाई तीन जनाभित्र पार्न दबाब छ । जीवन दलित र मन्सुर मुस्लिम कोटाबाट पर्न सक्छन् । तर कार्यकर्ताले अनुमोदन गरेका सहमहामन्त्रीहरुलाई देउवाले ल्याउने इच्छा गर्लान् कि आफ्नो रोजाइका ल्याउलान् भन्ने प्रश्न खडा भएको छ । 



नयाँ