arrow

उपत्यकामा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
accident-final-1618290232.jpg

भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ । काठमाडौंको मुपानीबाट बोडेतर्फ आउँंदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ का सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको मृत्यु भएको हो । दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध बस्ने वर्ष २२ का पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाए । 

स्कुटी र उनी हाल मध्यपुरको प्रहरी वृत ठिमीको नियन्त्रणमा रहेको उनले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ