arrow

माओवादीबाट को को परे १४ समानुपातिक सांसदमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
maobadi-kendra.jpg_1617715441.png
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाबाट समानुपातिकमा छानिएका १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । १४ मध्ये १२ महिला र २ पुरुष हुन् । 

माओवादीले प्रत्यक्षमा १८ सिट जितेकामा समानुपातिकमा तेस्रो दल बन्दै १४ सांसद पाएको हो । पार्टी महासचिव देवप्रसाद गुरुङले आयोगमा पुगेर साँझ सांसदको नाम बुझाएका छन् । 

पुरुषतर्फ हितराज पाण्डे र रणेन्द्र बराली छानिएका छन् । 

यी हुन् १४ भाग्यमानीहरु–

खस आर्य
हितराज पाण्डे 

आदिवासी महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी

मधेसी
मिना यादव
उमरावती देवी यादव

पिछडिएको क्षेत्र
कल्पना मियाँ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ