arrow

पार्टी छाडेर चुनाव लडेका घनश्याम र प्रभु बल्ल आज निष्कासित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
uml-cpn.jpg

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाएको हो । 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

भुसालले पार्टीले  टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाकी महोत्तरीलाई पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ