arrow

एकै पटक पाँच सय विमान किन्दै एयर इन्डिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
air-india-tata-air-india.jpg

काठमाडौं । एयर इन्डियाले टाटा समूह अन्तर्गत महत्वाकांक्षी पुनर्जागरण योजना अनुरुप एयरबस र बोइङ दुवैबाट दशौं अर्ब डलर बराबरका ५०० वटा विभिन्न किसिमका विमानका लागि अर्डर गर्ने तयारी गरेको छ ।

जसअन्तर्गत ४०० वटा न्यारो-बडी जेटहरू र १०० वा बढी वाइड बडी जेटहरु रहेका छन् । यी विमानहरुमा दर्जनौं एयरबस ए३५०एस र बोइङ ७८७एस र ७७७एसलगायत रहेको स्रोतलाई उदृधत गर्दै रोयटर्सले जनाएको छ ।

१०० अर्ब अमेरिकी डलरको सीमा नाघ्ने यो सम्झौता ऐतिहासिक हुनेछ । पहिले दशक भन्दा लामो समयअघि संयुक्त राज्य अमेरिकाले ४६० वटा एयरबस र बोइङ विमानका सबैभन्दा ठूलो अर्डर गरेको थियो ।

उल्लेखनीय अपेक्षित छुटहरू पछि पनि यो सम्झौता दशौं बिलियन डलरको हुनेछ र विमान जायन्टहरुका लागि महामारीका कारण बनेको अस्थिरसमयकालपछि बढ्दो औद्योगिक र वातावरणीय दबाबहरूको सामनाकाबीच पनि मागहरु बढ्ने छन् ।

यसले एयरबसलाई केही ए३५० का उत्पादन स्लटहरू घर सुरक्षित गर्ने स्थिती समेत बनाइ दिनेछ । जुन सुरुमा रूसको एरोफ्लोटको लागि उत्पादन थाले पनि युद्धका कारण मास्कोमाथिका प्रतिबन्धले रोकिएको थियो ।

यो सम्झौताको विषयमा एयरबस र बोइङले कुनै पनि प्रतिक्रिया दिएको छैन, भने टाटा समुहको स्वामित्वमा रहेको एयर इन्डियाले पनि कुनै जवाफ दिएको छैन् ।

चीनले गत हप्ता आफ्नो पहिलो C9819 जेटलाइनर डेलिभर गर्‍यो तर यस्तो स्केलमा प्रतिस्पर्धा गर्न कम्तीमा एक दशक टाढा छ, विज्ञहरू भन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ