arrow

फ्लाईदुबईले बोइङसँग ७५ वटा विमान किन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
boeing-737-max1.jpg

काठमाडौँ । कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ।

दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरू र थप ७५ विमानहरूको विकल्पका लागि दुबै पक्षले ‘दुबई एयरशो’ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको समूहले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ। फ्लाईदुबईले यसपहिले नै ९० भन्दा बढी बोइङ ७३७ विमानहरू सञ्चालन गरिरहेको छ।

फ्लाईदुबईका अध्यक्ष शेख अहमद बिन सईद अल मकतूमले भरपर्दो विमानको उपलब्धता र समयमै डेलिभरी उद्योगको निरन्तर वृद्धिको लागि महत्त्वपूर्ण रहेको र यो सम्झौताले कम्पनी भविष्यको विकासका लागि राम्रो स्थितिमा रहेको सुनिश्चित गर्ने बताए।

यो सम्झौता अमेरिकी विमान निर्माता बोइङका लागि प्रोत्साहन हो, किनकि यसले घातक दुर्घटनाहरू, अदालती मुद्दाहरू, रक्षा शाखामा हड्ताल र डेलिभरी ढिलाइजस्ता आरोप लागिरेको कष्टप्रद अवधिमा आफ्नो व्यवसायलाई ठूलो आर्थिक योगदान मिलेको छ।

फ्लाईदुबईले मङ्गलबार आफ्नो प्रारम्भिक एयरबस अर्डर घोषणा गरेको थियो। कम्पनीले यो र सन् २०२५ देखि डेलिभर हुने २४ अर्ब डलरको १५० ए३२१ नियो जेटहरूको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। बोइङले भने तेस्रो त्रैमासिकमा गत महिनाको अन्त्यमा ५.४ अर्ब घाटा भएको रिपोर्ट गरेको छ।

एमिरेट्सले एलन मस्कको स्याटेलाइटबाट सञ्चालित नेटवर्क प्रयोग गर्न सुरु गर्ने बताएको एक दिन पछि फ्लाईदुबईले स्पेसएक्ससँग आफ्नो सेवामा स्टारलिङ्कको सेवालाई प्रयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको छ। यसअघि सोमबार फ्लाई दुबईको भगिनी एयरलाइन्स मानिने इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो एयर शोमा ३८ अर्ब डलरको सम्झौतामा ६५ वटा बोइङ जेट अर्डर गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ