arrow

एमाले र राप्रपामा समानुपातिक सांसद छनोटबारे विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
gandaki-pradesh-province-4.jpg
तस्बिर – फाइल ।

पोखरा । नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन् । कास्कीका ४ र बागलुङका ४ जना सांसद छन् । बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन् ।

११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छान्यो । सांसद छनोटमा एमालेबृत्तमै असन्तुष्टि देखिएको छ । गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन् ।

गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्ष बालकोटमा डेलिगेसन गएका छन् । प्रत्यक्ष तर्फ पनि खसआर्य बढी निर्वाचित भएको भन्दै उनीहरुले समानुपातिकबाट आदिवासीलाई प्राथमिकता दिनुपर्ने बताए ।

१२ सीटमा प्रत्यक्ष चुनाव जितेको एमालेका ८ जना खसआर्य समूहका छन् भने आदिवासी जनजातिबाट ३ जना मात्रै छन् । त्यसैले समानुपातिकमा आदिवासीलाई प्राथमिकता दिनुपर्ने नेताहरुको माग छ । 

यस्तै, राप्रपामा पनि प्रदेश अध्यक्ष सांसद भएपछि विरोध सुरु भएको छ । प्रदेशका अध्यक्ष पन्चराम गुरुङले पैसा बुझाएर सांसद बनेका आरोप राप्रपामा छ । ‘पैसा बुझाएर सांसद बन्न पाईंदैन,’ एक नेताले भने, ‘पार्टीमा दुख गरेका धेरै साथीहरु हुनुहुन्छ । अरुलाई अवसर दिनुपर्छ ।’ राप्रपाका नेता कार्यकर्ताले नै पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ