arrow

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज यात्रा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
hult.jpg

पोखरा । पोखरा विश्वविद्यालयमा हल्ट प्राइज यात्रा शुरु भएको छ । पाँच वर्ष अघि स्थापित हल्ट प्राइज कार्यक्रम २०२२/२०२३ का लागि पनि शुरुआत भएको हो । 

हल्ट प्राइज पोखरा विश्वविद्यालयका मिडिया संयोजक विज्ञान कार्कीका अनुसार सुरज राज केशरीलाई क्याम्पस निर्देशकको रूपमा चयन गर्दै समूहमा २० जना चयन गरिएको छ । यो छैटौं कार्यसमिति भएको बताइएको छ । 

कार्कीका अनुसार बोस्टनस्थित ‘द इन्टरनेशनल हल्ट कम्यूनिटी’ ले नयाँ थिम प्रक्षेप गर्छ र विश्वभरिका विद्यार्थीहरुले त्यसै थिममा रहेर आफ्नो विचार राख्ने गर्दछन् ।

हल्ट प्राइजको यात्रा विद्यार्थीहरुले आफ्नो क्याम्पस कार्यक्रम बाटै शुरु गर्नुपर्ने उनले बताए । उनले भने, ‘क्याम्पसको विजेताले आफ्नो ठाउँ रिजनल्समा सुनिश्चि गर्दछ र त्यहाँको विजेता याक्सलेरेटर कार्यक्रममा पुग्छ ।’

कार्कीले भने, ‘त्यसपछि उनीहरुलाई प्रशिक्षण दिइन्छ र विश्वभरिबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरका लागि प्रतिस्पर्धा गर्छन् ।’

विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता भएको उनले बताए । 

विद्यार्थीमा लुकेको नवीनतम् सोंचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रूपमा निकै महत्व रहेको र विश्वभरिका विश्वविद्यालय र नेपालका विश्वविद्यालयहरूले पनि यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

वर्ष २०२२/२०२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेशन’ रहेको छ । यस वर्षको थिमले विद्यार्थीलाई फेसन रकपडा उद्योगमा नाफाका लागि सामाजिक उद्यम सिर्जना गर्न चुनौती दिएको छ ।

प्रतियोगितामा पोखरा विश्वविद्यालयका कुनै पनि विद्यालय र संबद्ध कलेजका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीका विद्यार्थीहरूका साथै रचनात्मकताका लागि फारम खुला गरीएको छ ।

सात बर्षदेखि नेपालका विश्वविद्यालयहरुले सहभागिता जनाउन शुरु गरेको यस प्रतियोगितामा यस वर्ष ३५ भन्दा बढी विश्वविद्यालय र अंगिक विध्यालयहरुले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।

यस वर्षका लागि केही दिनमै विभिन्न उद्यमशीलता कार्यक्रमहरु शुरूआत र विध्यार्थीहरुलाई तालिम दिने संयोजक कार्कीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ