arrow

आफ्नै पार्टीका केन्द्रीय सदस्य चिनेन कांग्रेसले, भेटेन फोटो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो । 

गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम  कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्नेक्रममा ६३ जनाको फोटो राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ । 

महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन । 

१४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन । 

फोटो नराखिएका केन्द्रीय समिति सदस्यहरू–
मिनाक्षी झा, केशवकुमार बुढाथोकी,  कल्याणकुमार गुरुङ, कर्णबहादुर बुढा, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ,    महेन्द्रकुमार राय,  गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य,  दिनेशकुमार यादव, मदनबहादुर अमात्य,  राजीव कोइराला,   अब्दुल रज्जाक, टेकबहादुर गुरुङ,  प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, गोविन्दबहादुर शाह,   राजेन्द्रकुमार केसी,  डा रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्र कुमारी लिम्बू, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव,  अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय ।  चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही,  मोहन आचार्य,   मुक्ताकुमारी यादव,  रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल, तिवारी, मञ्जु खाँण, गुरु बराल,  कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल,  सुशीला भट्ट, मिश्र, मदनकृष्ण श्रेष्ठ,  भीम पराजुली, नृपबहादुर बड,  कान्तिका सैजुवाल,  गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी,   सुशीला थिङ, माया राई, सुशीला ढकाल (आचार्यं, गणेश लामा, रूपा विक  र विद्यादेवी तिमिल्सीना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ