arrow

स्वयम्भूमा बसले हानेर मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
accident-final.jpg

काठमाडौं । काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । 

काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा१प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ