arrow

टाउकोमा ढुंगाले हिर्काएर श्रीमानको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
hatya-murder.jpg

तनहुँ । तनहुँमा श्रीमतीद्वारा श्रीमानको हत्या भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवा घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ प्रगति टोलमा बस्दै आएका ४० वर्षका मनबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले मनबहादुरको टाउकोमा ढुंगाले हिर्काउँदा गम्भीर घाइते भएका थिए । 

उनको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ