arrow

विद्यालयमा चोरी गर्ने सात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
Pakrau syangja.jpg
तस्वीर : जिल्ला प्रहरी कार्यालय

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । स्याङ्जास्थित विभिन्न विद्यालयमा चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखराका दुई जना, लमजुङ घर भइ पोखरामा बस्दै आएका दुई र स्याङ्जाका तीन जना छन् । पोखरा महानगरपालिका वडा नं. २१ का ३७ वर्षका दीपेन्द्र पोखरेल चोरी काण्डमा फाउ परेका हुन् । पोखरेलले पोखरा-१७ विरौटामा आयुश क्रियसन्स ट्रेडर्स सञ्चालन गर्दै आएका थिए । 

यसैगरी पोखरा-२८ का २९ वर्षका प्रविन नेपाली पनि पक्राउ परेका छन् । उनले लेखनाथको कालिकाचोकमा एमएपी इलोक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए । 

यस्तै, लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ११ का २९ वर्षका राजु मजाकोटी र वर्ष २७ का अमृत दूरा पनि चोरी मुद्धामै पक्राउ परेका छन् । मजाकोटी पोखराको नागढुंगामा बस्दै आएका थिए । पक्राऊ परेका दूराले भने पोखराको रामबजारमा भान्जा प्लेस्टेशन रिपियर सेन्टर सञ्चालन गर्दै आएका थिए । 

पक्राउ परेकाहरुले राम्चेदेवी आधारभूत विद्यालयबाट कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशिन, मल्टिप्लग चोरी गरेको प्रहरीले जनाएको छ । 

चोरी मुद्धामै पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला-४ का वर्ष २६ का प्रेम विक, वर्ष २१ का सुमन सुनार र वर्ष २९ का समिर सुनार छन् । उनीहरुले आरुखर्क आधारभूत विद्यालयको कम्प्युटर, प्रिन्टर र फोटोकपी लगायतका सामाग्री चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । 

उनीहरुको साथबाट विद्यालयबाट हराएका सामानहरु बरादम भएको डिएसपी खनालले बताए । पक्राउ परेका सबैलाई चोरी तथा डाँका मुद्धामा अदालतबाट म्याद लिए थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ