arrow

मुस्ताङ भ्रमण जाँदा बसबाट खसेर एक विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
death photo.jpg

मुस्ताङ । मुस्ताङमा शैक्षिक भ्रमणका यात्रु बोकेर गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

जिल्लाको वारागुङ मुक्तिक्षत्र गाउँपालिका वड नं. ४ एक्लेभट्टि पाक्लिङ पुल नजिक सो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय मेखबहादुर परियार छन् ।

शैक्षिण भ्रमणका लागि गुल्मीबाट मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर परियार गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ