arrow

पोखरामा जीप दुर्घटना, एक महिलाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
accident-final_1618120153.jpg

पोखरा । पोखराको हेमजामा गएराति जीप दुर्घटना हुँदा तनहुँकी एक महिलाको ज्यान गएको छ भने एक पुरुष घाइते भएका छन् ।

मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. ५ बाह्रबिसे घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० शिवचोक बस्दै आएकी ३७ वर्षकी वसन्ती मगर रहेको कास्की प्रहरीले जनाएको छ । 

गएराति करिब १ः३० बजे पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा पर्वतबाट सुन्तला बोकेर पोखरा आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार सो दुर्घटनामा घाइते भएका म्याग्दीको मंगला गाउँपालिका वडा नं. १ घर भई पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्दै आएका ४७ वर्षका गजेन्द्र पुनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि जीप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ