arrow

नेपाल चेम्बरले महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
Pic 1.JPG

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धि तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । 

तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे । 

सूचना प्रविधिको विकास तीब्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको अध्यक्ष मल्लको भनाइ छ । विद्युतको उपलव्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए । 

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटीसमेत गठन गरिने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्धन, वेबसाइट डिजाईन लगायतका विषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिए । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाइन व्यवसायलाई प्रवर्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताइन् । 

अनलाइन एपको विकाससँगै लेखा सम्बन्धी तालिमसमेत दिइने उनको भनाइ छ । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुने जलानले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ