arrow

टी–२० मा सबैभन्दा कम योगफलको कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
adelaide-strikers-2022.jpg

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा टी–२० क्रिकेटको इतिहासमै सबैभन्दा कम योगफल खडा भएको छ । जारी १२ औं संस्करणको पाँचौं खेलमा सिड्नी थन्डर्सले मात्र १५ रन बनाएको हो । सिड्नी एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अलआउट भएको हो । 

यसअघि सन् २०१९ मा टर्की चेक गणतन्त्रसँग २१ रनमा अलआउट भएको थियो । त्यो रेकर्ड अहिले तोडिएको हो ।  

एडिलेटले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५.५ ओभरमा १५ रनमा अल आउट भयो । 

ब्रेन्डन डग्गेटले सर्वाधिक ४ रन बनाएको इनिङ्समा अन्री थर्नटनले ३ रन खर्चेर ५ तथा वेस अगरले ६ रन खर्चेर ४ विकेट लिए । 

ि



नयाँ