arrow

हेटौंडामा गाडीको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
accident-final.jpg

हेटौंडा । हेटौंडामा गाडीले पैदलयात्रीलाई ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । आइतबार बिहान हेटौंडा-२ नगरपालिका रोडबाट हेटौंडाको बसपार्क तर्फ जाँदै गरेको ना १ ज ८३३७ न.को फोर्स गाडीले अन्दाजी ४०/४५ बर्षिय सडकपेटीमा प्लास्टिक टिपि हिFड्ने एक व्यक्तिलाई ठक्कर दिएको हो । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ