- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ईसापूर्व पाँचौं शताब्दीदेखि संस्कृत विद्वानहरूमाझ रहिआएको संस्कृतको एक व्याकरणीय समस्यालाई अन्ततः क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक भारतीय पीएचडी (विद्यावारिधि) का विद्यार्थीले समाधान गरेका छन् ।
सेन्ट जोन्स कलेजमा अध्ययनरत ऋषि राजपोपटले 'भाषाविज्ञानका पिता' पाणिनीले लेखेको नियमको डिकोडिङ (पुनर्लेखन) गर्दै यो सफलता हासिल गरेका हुन् ।
यो खोजले इतिहासको सबैभन्दा ठूलो बौद्धिक उपलब्धिहरू मध्येको एक पाणिनीको 'भाषा मेशिन' प्रयोग गरेर कुनै पनि संस्कृत शब्दलाई 'व्युत्पन्न' गरेर 'मन्त्र' र 'गुरु' जस्ता लाखौं व्याकरणीय रूपमा सही शब्दहरू निर्माण गर्न सम्भव बनाउँछ ।
प्रमुख संस्कृत विज्ञहरूले राजपोपटको खोजलाई 'क्रान्तिकारी' भनेर वर्णन गरेका छन् । यससँगै अब पाणिनीको व्याकरण पहिलो पटक कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।
आफ्नो पीएचडीको थेसिसका लागि अनुसन्धानका क्रममा राजपोपटले २५०० वर्ष पुरानो एल्गोरिदमलाई सही तरिकाले व्याख्या गरेका हुन् । यसले अब पाणिनीको भाषा मेसिनको प्रयोग सही तरिकाले गर्न सक्षम बनाउने भएको हो ।
ईसापूर्व ५०० मा लेखिएको पाणिनीको भाषा प्रणाली 'अष्टाध्यायी' मा विस्तृत ४,००० नियमहरू छन् । यी नियमहरुले शब्द निर्माणमा 'मेशिन' को जस्तै काम गर्छ ।
यी नियम अनुसार एक शब्दको आधार र प्रत्ययमा फिड गर्दा यसले चरणबद्ध प्रक्रिया मार्फत व्याकरणीक रूपमा सही शब्दहरू र वाक्यहरूमा परिणत गर्छ ।
तर आजसम्म पाणिनीका दुई वा बढी नियमहरू प्रायः एउटै चरणमा एकैसाथ लागू हुने स्थिति देखिएकाले विद्वानहरूलाई कुन कुन छनोट गर्ने भन्ने द्विविधामा छाडेका थियो ।
'मन्त्र' र 'गुरु' का केही निश्चित रूपहरूसहित लाखौं संस्कृतका शब्दहरूलाई असर गर्ने तथाकथित 'नियम द्वन्द्व'को समाधान गर्न एल्गोरिदम आवश्यक पर्छ ।
पाणिनीले 'नियम द्वन्द्व' को स्थितिमा कुन नियम लागू गर्ने भनेर निर्णय गर्न (राजपोपटद्वारा '१.४.२ विप्रतिषेधे परम कार्यम्' भनिने) मेटारुल सिकाएका थिए । तर विगत २ हजार ५०० वर्षदेखि विद्वानहरूले यस मेटारूलको गलत व्याख्या गर्दै आएका थिए र उनीहरुले व्याकरणीयरुपमा गलत नतिजा पाइरहेका थिए ।
यस मुद्दालाई समाधान गर्ने प्रयासमा धेरै विद्वानहरूले परिश्रमपूर्वक सयौं अन्य मेटारूलहरू विकास गरेका थिए ।
तर, अहिले राजपोपटले यसरी निकालिएका नयाँ नियमहरुको समस्या समाधान गर्न असमर्थका साथै यी नियमहरुले पूर्ण रूपमा अनावश्यक अपवादहरू उत्पादन गरेको बताएका छन् । पाणिनीको 'भाषा मेशिन' 'आत्मनिर्भर' रहेको राजपोपटले पुष्टि गरेका छन् ।
"I had a eureka moment at Cambridge!"
— Cambridge University (@Cambridge_Uni) December 15, 2022
The world's greatest grammatical puzzle that had defeated scholars for centuries has been cracked by #Sanskrit PhD student @RishiRajpopat.
Read how he did it 👇@stjohnscam @CambridgeFames @HCI_London
उनले भनेका छन्, 'पाणिनीसँग असाधारण दिमाग थियो र उनले मानव इतिहासमा अतुलनीय मेशिन बनाए । हामीले उनका नियमहरूमा नयाँ विचारहरू थप्ने अपेक्षा गरेनौं । हामी पाणिनीको व्याकरणमा जति फेरबदल गछौँ, त्यति नै यो हामीबाट टाढा हुँदैजान्छ अथवा जटिल हुन्छ ।'
परम्परागत रूपमा विद्वानहरूले पाणिनीको मेटारुललाई,'समान शक्तिका दुई नियमहरू बीचको द्वन्द्वको अवस्थामा, व्याकरणको क्रमबद्ध क्रममा पछि आउने नियमले जित्छ' भन्ने अर्थ दिएका छन् ।
राजपोपटले यसलाई अस्वीकार गर्दै पाणिनीले शब्दको बायाँ र दायाँ छेउमा लागू हुने नियमहरूको बीचमा हामीले दायाँ छेउमा लागू हुने नियम छनोट गर्न चाहेको बताएका हुन् ।
यस व्याख्यालाई प्रयोग गर्दै राजपोपटले पाणिनीको भाषा मेसिनले लगभग कुनै अपवाद बिना व्याकरणीय रूपमा सही शब्दहरू उत्पादन गरेको फेला पारेका हुन् ।
'मन्त्र' र 'गुरु'लाई उदाहरणको रूपमा लिऔं
'देवः प्रसन्नः मन्त्रैः' (देवताहरू 'देवः' मन्त्र 'मन्त्रैः'बाट प्रसन्न हुन्छन् 'प्रसन्नः') वाक्यमा 'मन्त्रद्वारा' मन्त्रैः व्युत्पन्न गर्दा हामीले 'नियम द्वन्द्व'काे सामना गर्छौं।
व्युत्पत्ति 'मन्त्र+भीस' बाट सुरु हुन्छ। एउटा नियम बायाँ भाग 'मन्त्र' र अर्को दायाँ भाग 'भिस' मा लागू हुन्छ। हामीले दायाँ भाग 'भिस'मा लागू हुने नियम छनोट गर्नुपर्छ, जसले हामीलाई सही रूप 'मन्त्रैः' दिन्छ।
र 'ज्ञानम दियेते गुरुणा' (ज्ञान 'ज्ञानम' गुरुद्वारा 'गुरुनो' 'दियेते' दिइन्छ) भन्ने वाक्यमा 'गुरु' बाट 'गुरुना' लाई निकाल्दा हामीले नियम द्वन्द्वको सामना गर्छौं। व्युत्पत्ति 'गुरु+आ' बाट शुरु हुन्छ। एउटा नियम बायाँ भाग 'गुरु' र अर्को दायाँ भाग 'आ' मा लागू हुन्छ। यसरी हामीले दायाँ भाग 'आ' मा लागू हुने नियम छनोट गर्नुपर्छ, जसले हामीलाई सही रूप 'गुरुना' शब्द दिन्छ।
संस्कृतको पच्चीस सय वर्ष पुरानो व्याकरणको समस्या भारतीय विद्यार्थीले गरे समाधान |
नियम फेला पारेपछिको खुशीको पल
राजपोपटले यो पत्ता लगाउन संघर्ष गर्दा क्याम्ब्रिजमा उनका पर्यवेक्षक संस्कृतका प्रोफेसर भिन्सेन्जो भेर्जियानीले उनलाई 'यदि समाधान जटिल छ भने, तिमी गलत हुँदैछाै', भन्दै सल्लाह दिएका थिए ।
'छ महिना पछि, मैले युरेका (सन्तुष्टिकाे) पल पाएँ', राजपोपट भन्छन्, 'म छोड्न लगभग तयार थिएँ, त्यसैले मैले एक महिनाको लागि पुस्तकहरू बन्द गरेँ र गर्मीयाम पौडी खेली, साइकल चलाई, खाना पकाउने, प्रार्थना गर्ने र ध्यान गरी बिताएँ ।'
'त्यसपछि, विनम्रतापूर्वक म काममा फर्किएँ र केही मिनेटमा मैले पानाहरू पल्टाउँदा यी ढाँचाहरू देखा पर्न थाले र यो सबै अर्थ लाग्न थाल्यो । त्यतिबेला मैले मनमनै आश्चर्यचकित भएर सोचेंस् दुई सहस्राब्दी भन्दा बढी समयसम्म पाणिनीको व्याकरणको चाबी सबैको आँखा अगाडि थियो तर सबैको दिमागबाट लुकेको थियो ।'
'त्यहाँ धेरै काम गर्न बाँकी थियो तर मैले पजलको सबैभन्दा ठूलो भाग भेट्टाएँ। अर्को केही हप्ताहरूमा म धेरै उत्साहित थिएँ, म सुत्न सकिन र मैले के फेला पारेको छु भनेर जाँच गर्न र सम्बन्धित समस्याहरू समाधान गर्नको लागि मध्यरातमा समेत पुस्तकालयमा समय बिताए। त्यो काममा अझै साढे दुई वर्ष लाग्यो।'
संस्कृतकाे महत्व
संस्कृत दक्षिण एशियाको खासगरी भारत, नेपाललगायतका क्षेत्रको एक प्राचीन र शास्त्रीय भाषा हो। यो हिन्दू धर्मको पवित्र भाषा पनि हो । यस भाषाकै माध्यमबाट भारतको सबैभन्दा ठूलो विज्ञान, दर्शन, कविता र अन्य धर्मनिरपेक्ष साहित्य शताब्दीयौंदेखि सञ्चार गरिएको छ।
भारतमा अहिलेको समयमा अनुमानित २५,००० मानिसहरूले मात्र बोल्ने भए पनि यसको महत्व निकै धेरै छ । यसका साथै संस्कृतले विश्वभरका अन्य सबै भाषाहरू र संस्कृतिहरूलाई प्रभाव पारेको छ ।
राजपोपटले भनेका छन्, 'भारतको सबैभन्दा पुराना ज्ञानहरू मध्ये केही संस्कृतमा लेखिएका छन्, त्यसैले हाम्रा पुर्खाहरूले के हासिल गरे भन्ने कुरा अझैं पनि हामीले पूर्णरुपमा बुझेका छैनौं ।'
उनले अघि भनेका छन्, 'हामीलाई अक्सर विश्वास गराइन्छ कि हामी महत्त्वपूर्ण छैनौं, कि हामीले टेबलमा पर्याप्त ल्याएका छैनौं। मलाई आशा छ कि यो खोजले भारतका विद्यार्थीहरूलाई आत्मविश्वास, गर्व र उनीहरूले पनि ठूला कुराहरू हासिल गर्न सक्छन् भन्ने आशा राख्नेछ।'
क्याम्ब्रिज विश्वविद्यालयका संस्कृतका प्राध्यापक भिन्सेन्जो भेर्गियानीले भनेका छन्,'मेरो विद्यार्थी ऋषिले यसलाई क्र्याक गरेका छन्, उनले शताब्दीयौंदेखि विद्वानहरूलाई अलमल्लमा पारेको समस्याको असाधारण सुन्दर समाधान फेला पारेका छन्। भाषामा रुचि बढिरहेका बेला यो खोजले संस्कृतको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने छ ।'
राजपोपटको खोजको एउटा प्रमुख निहितार्थ यो हो कि अब हामीसँग पाणिनीको व्याकरण चलाउने एल्गोरिदम छ, हामी सम्भावित रूपमा यो व्याकरण कम्प्युटरलाई सिकाउन सक्छौं।
'प्राकृतिक भाषा प्रशोधनमा काम गरिरहेका कम्प्युटर वैज्ञानिकहरूले ५० वर्षअघि नियममा आधारित दृष्टिकोण त्यागेका थिए,' राजपोपटले भनेका छन् ।
'त्यसैले कम्प्युटरलाई वक्ताको अभिप्रायलाई पाणिनीको नियममा आधारित व्याकरणसँग कसरी मानव बोली उत्पादन गर्ने भनेर सिकाउनु मेसिनसँगको मानव अन्तरक्रियाको इतिहासमा र भारतको बौद्धिक इतिहासमा एक प्रमुख कोसेढुङ्गा हुनेछ,' उनले भनेका छन् ।
संस्कृत के हो ?
संस्कृत विश्वका सबै भाषाहरुको जननी हो । सबै भाषाहरुकाे मूल भाषा हो । संस्कृतबाट ६ हजार ९ सय ९ अन्य भाषा बनेका छन्, भने संस्कृत जति शब्द अन्य कुनै भाषामा छैनन् । संस्कृतमा पछिल्लो तथ्यांक अनुसार १ खर्ब २ अर्ब ७८ करोड शब्द रहेका छन् । संस्कृतमा एक शब्दका लागि अनगिन्ती शब्दहरू छन् । उदाहरणका लागि संस्कृतमा पानीका लागि सयभन्दा बढी शब्दहरू छन्, जस्तै: जल, नीर, सलिल आदि ।
संस्कृत भाषा एक बोलीचालीको भाषा भए पनि यसको प्रयोग घट्दै गएको थियो । तर, अहिले २१ औं शताब्दीमा फेरि संस्कृत नै आवश्यक देखिएसँगै यसको महत्व बढ्न थालेको छ ।
विभिन्न १८ वटा विश्वविद्यालयमा संस्कृत पढाइन्छ । चाहे त्यो आयरल्याण्ड होस् वा अन्य कुनै देश आज सबै देशहरू संस्कृतको प्रलोभनमा परेका छन्। लन्डनको सेन्ट जेम्स स्कूलमा यो अनिवार्य बिषय नै बनाएर पढाइन्छ। भविष्य संस्कृतको हो।
नासाका अनुसार कम्प्युटरका लागि संस्कृत सबैभन्दा उपयोगी भाषा हो। छैठौं र सातौं पुस्ताका सुपर कम्प्युटरहरू, जुन २०३४ सम्ममा पूर्ण रूपमा सञ्चालन हुने अनुमान गरिएको छ, यी संस्कृत भाषामा मात्र आधारित हुनेछन्। संस्कृत संसारको सबैभन्दा स्पष्ट भाषा हो। जसरी बोलिन्छ त्यही लेखिन्छ ।
संस्कृतको पच्चीस सय वर्ष पुरानो व्याकरणको समस्या भारतीय विद्यार्थीले गरे समाधान |
यो स्पिच थेरापीमा उपयोगी एक मात्र भाषा हो किनभने संस्कृत बोल्दा जिब्रोका सबै मांसपेशीहरूमा प्रयोग गरिन्छ। संस्कृतमा वार्तालाप गर्दा शरीरमा सकारात्मक उर्जा उत्पन्न हुन्छ । संस्कृत सिक्ने विद्यार्थीले गणित र विज्ञानमा उत्कृष्ट हुने वैज्ञानिकहरू बताउँछन् ।