arrow

बाह्रै महिना जाडो हुने मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
himpat-manang-8482.jpeg
तस्बिर – फाइल ।

लमजुङ । हिमाली जिल्ला मनाङमा चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ । विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । 

यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनाङमा पूर्वतयारी शुरु गरेको छ ।

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारीको योजना बनाएको छ । हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

‘हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाको सम्भावित स्थान पहिचान गरेका छौँ,’ आचार्यले भने, ‘हिमपातबाट जिल्लामा विभिन्न समस्या आउन सक्छन् त्यस्तो अवस्थामा थप कार्यायोजना बनाएर अघि बढेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ