- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
न्यूयोर्क । एक सर्वेक्षणमा ५७ प्रतिशत प्रयोगकर्ताले एलन मस्कले ट्वीटको प्रमुख कार्यकारीबाट हट्नुपर्ने पक्षमा मत दिएपछि अन्ततः मस्कले मौनता तोडेका छन् । यद्यपि, उनको पछिल्लो ट्वीट ठ्याक्कै मतदानको बारेमा भने छैन ।
यसमा एक प्रयोगकर्ताले नीति तहको सर्वेक्षणमा निलो प्रमाणिकरण पाएका सदस्यले मात्र मतदान दिनुपर्छ भन्ने एक प्रयोगकर्ताको सुझावको जवाफमा मस्कले ट्विटरले त्यसबारे नियम परिवर्तन गर्ने बताए । ‘राम्रो कुरा । ट्वीटरले त्यसलाई परिवर्तन गर्नेछ’, मस्कले ट्वीट गरेका छन् ।
यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए।
कुनै स्पष्ट उत्तराधिकारी नभए पनि १ करोड ७५ लाख मतमध्ये करिब ५८ प्रतिशत मस्कले नेतृत्वको भूमिकाबाट पछि हट्नु पर्ने पक्षमा थिए।
यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन् । झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन् ।
मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।