arrow

कांग्रेस नेता छान्न मतदान सकियो, सबै मत खस्यो, केही बेरमै गणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
congress-samsadiya-dalko-kalyalaya-2079-09-06.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको उम्मेदवारका मतदान सकिएको छ । कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका छन् । बिहान करिब आधा घण्टा ढिला गरी मतदान शुरु भएको थियो । 

निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि मतदान ढिला गरी भएको थियो ।

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान शुरु हुन नसकेको थियो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । 

निर्वाचन समिति सदस्य स्नेहीका अनुसार सत्प्रतिशत मत खसकेको छ । अब केही बेरमै मतगणना हुनेछ । ४५ मत ल्याउने उम्मेदवारले जित हासिल गर्नेछन् । शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा छ । 



नयाँ