- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको खुसीयाली मनाउन र मन पर्ने खेलाडीको झलक हेर्न लाखौँ मानिस ब्यूनस आयर्सको सडकमा उत्रिए। जसका कारण ट्राफिक जाम भएको थियो र परेड रोकिएको थियो।
मानिसहरूको हातमा झण्डा थियो, उनीहरू उत्साहपूर्वक नाच्दै गाउँदै थिए, तर तिनीहरूको सङ्ख्या यति धेरै थियो कि लियोनल मेस्सी सहित सबै खेलाडीहरूले खुला बसमा परेड रोकेर हेलिकप्टरमा परेड गर्नुपरेको थियो। अर्जेन्टिना सरकारले यसलाई हवाई परेड भनेको छ ।
हेलिकप्टर ब्यूनस आयर्समा प्रशंसकहरू भेला भएका ठाउँहरूमा उडेको थियो। त्यसपछि हेलिकप्टर राजधानीबाहिर रहेको अर्जेन्टिना फुटबल सङ्घको मुख्यालय पुगेको थियो । कतिपय फ्यानहरूले सडकमा खुसी मनाएका थिए भने सन् १९८६ पछि पहिलो पटक आफ्नो टोलीले विश्वकप जितेको झलक हेर्न नसकेकोमा धेरै फ्यानहरू निराश पनि थिए।
खेलाडी बोकेको खुला बसमा दुई जना व्यक्ति पुलबाट हाम फालेपछि केही बेरमा परेड रोकिएको थियो । जसमध्ये एक जना बसभित्र खसेका थिए भने अर्को फुटपाथमा खसेका थिए ।
यस उत्सवको बीचमा, ब्यूनस आयर्समा हिंसा पनि भएको थियो। ब्यूनस आयर्सको सडकमा लाखौँ मानिस आएका थिए । परेडपछि फ्यानले केही ठाउँमा हिंसा गरेका थिए । सो क्रममा प्रहरीसँग झडप भएको थियो भने ढुंगामुढा समेत भएको थियो । यसैबीच प्रहरीले दर्जनौँलाई पक्राउ गरेको छ ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो। अर्जेन्टिनाले सन् १९८६ पछि फिफा विश्वकप जितेको यो तेस्रो ट्रफी हो।