arrow

यू–२३ भलिबल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
nepal-bangladesh-volleyball.jpg

काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । 

बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । 

च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागीता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ । 

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागीता छ । 

नेपालले च्याम्पियनशिपको तेस्रो खेलमा पुस ९ गते हुने लिग चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्नेछ ।



नयाँ